चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई पार्टी बीचको एकता घोषणा मिति आउँदो वैशाख १४ गते तय गरिने बताएका छन् ।
प्रेस सेन्टर चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मे १ वा मे ५ मा पार्टी एकता घोषणा गर्ने कोशिश भइरहेको जानकारी दिए ।
दुई पार्टीका अध्यक्षकाे समयअभावका कारण एकतामा ढिलाइ भएको भन्दै भने , “प्रधानमन्त्रीजीको व्यस्तता हुने नै भयो । म पनि व्यस्त नै छु । यसले थोरै ढिलो भएको हो ।”
पार्टी एकतामा त्यस्तो जटिल केही नरहेको जानकारी दिँदै उहाँले दुई चार दिन ढिलो होस् तर राम्रो होस् भन्नेतर्फ आफूहरुको ध्यान गएको बताउनुभयो । दाहालले भन्नुभयो, “हतारमा एकता गर्ने, पछि गएर यी कुरा पहिले नै सल्लाह गर्नुपर्ने भन्ने नहोस् भन्ने हाम्रो चाहना छ ।”

393 पटक हेरिएको 

