हेटौँडा । प्रदेश नम्बर ३ का सांसदका लागि पोशाक निर्धारण गरिएको छ । सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदका लागि पोशाक निर्धारण गर्ने निर्धारण गरेको हो । समितिले निर्धारण गरेको पोशाकअनुसार पुरुष सांसदका लागि कालो कोट , कालो जुत्ता, सेतो दौरा–सुरुवाल व्यवस्था गरिएको छ । तर विशेष समारोहमा खैरो कोटसमेत लगाउने पाउने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो।

प्रदेश–३ का सांसदका लागि लोगो समेत तयार भएको छ । सांसदका लागि बनाइएको लोगोमा गौरीशंकर हिमाल, राष्ट्रिय झण्डा, पशुपतिनाथको मन्दिर र स्यम्भुको आँखा अंकित चित्र राखिएको छ ।

1549 पटक हेरिएको 

