भुकम्पको ३ वर्ष पुनः निर्माणको काम अति सुस्त

काठमाडौँ । भूकम्पपछिको पुनःनिर्माणका लागि जम्मा  एक खर्ब २० अर्ब मात्रै खर्च भएको छ । भुकम्प गएकाे ३ वर्ष पुरा हुँदासम्म १ लाख १९ हजार घर मात्रै पुनःनिर्माण भएका छन् ।

सरकारी तथ्याङ्कअनुसार भूकम्पबाट चार लाख ९८ हजार ८५२, निजी घर र दुई हजार ६५६ सरकारी भवन पूर्ण रुपमा क्षति भएका थिए । त्यस्तै, दुई लाख ५६ हजार ६९७ निजी घर र तीन हजार ६२२ सरकारी भवन आंशिक रुपमा क्षति भएका थिए ।

त्यस अतिरिक्त १९ हजार कक्षा कोठा ध्वस्त र एक हजार १०० कक्षा कोठा क्षतिग्रस्त भएका थिए । भूकम्पमा परी आठ हजार ९७९ जनाको ज्यान गएकाे थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए ।

क्षतिग्रस्त सात लाख ६७ हजार ७०५ निजी घर लाभग्राहीको सेवा सूचीमा रहेको र त्यसमध्ये हालसम्म एक लाख १९ हजार २३३ घर निर्माण सम्पन्न भइसकेको प्राधिकरणले जनाएकाे छ ।

पुनःनिर्माणका क्रममा हालसम्म तीन लाख ६८ हजार ७६१ लाभग्राहीले दोस्रो किस्ता लिइसकेको र एक लाख २३ हजार ५३७ लाभग्राही तेस्रो किस्ताको रकम लिने प्रक्रियामा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार