हरेक नेपालीकाे वार्षिक अाम्दानी १ लाखभन्दा बढि

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय एक लाखभन्दा बढि पुगेकाे तथ्यांक सार्वजनिक गरिएकाे  छ ।

आर्थिक वर्ष २०७३/७४ मा ८६२ अमेरीकी डलर रहेको नेपालीको प्रतिव्यक्ति आय अहिले बढेर बढेर १ हजार  ४ डलर पुगेको केन्द्रिय तथ्यांक विभागले जनाएको हाे ।

कुल गार्हस्थ उत्पादनमा गत वर्ष रेमिट्यान्सको योगदान २६.३२ प्रतिशत रहेकोमा यसपटक घटेर २४.५२ प्रतिशतमा झरेको छ ।

विभागले चालू आर्थिक वर्षको आर्थिक बृद्धिदर  ५.८९ प्रतिशतले बढेर अर्थतन्त्रको आकार ३० खर्ब ७ अर्ब २४ करोड रुपैयाँ पुग्ने अनुमान  समेत गरेको छ ।

केही दिन अघि नेपालको आर्थिक बृद्धिदर एसियाली विकास बैंकले ४.९ प्रतिशत  र विश्व बैंकले ४.६ प्रतिशत मात्र हुने अनुमान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार