५ सयकाे नयाँ नाेट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटा बाघ मात्र राखिएको ५०० रुपैयाँ दरका नोट चल्तीमा ल्याएको छ।

नयाँ नाेटमा सगरमाथा हिमालको दायाँतर्फको तल्लो मागमा रहेको अण्डाकार भित्र रङ परिवर्तन हुने कुबेरको चित्र राखिएको छ। साथै लालीगुराँसको पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरुले छापेर नोट पहिचान गर्न सक्ने गरी दुई वटा कालो थोप्ला पनि राखिएको छ।

नोटको अर्कोपट्टी माथिल्लो भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार