काठमाडाैँ । बंगलादेश–भारत–नेपालबीच सीधा बससेवाको परीक्षणका क्रममा बंगलादेशको ढाकाबाट छुटेका दुईवटा बस अाज काठमाडाै अाउँदै छन् ।
सोमबार बिहान ८ बजे ढाकाबाट हिँडेका बस हिँड्नेबित्तिकै ढाकाको जाममा फस्दा आउन ढिला भएको एक नेपाली अधिकारीले बताए । बस मंगलबार अपराह्न भारत–बंगलादेश सीमाको फूलबारी आइपुगेको थियो । पहिलो रात ढाकाको रंगपुरमा वास बसको थियो ।
दोस्रो रात भारतको सिलगुढीमा बसेको बस तेस्रो रात बुधबार सौराहामा बसेको थियाे । बंगलादेश, भुटान, भारत, नेपाल (बिबिआइएन) यातायात सम्झौताअनुरूप त्रिदेशीय अन्तर्राष्ट्रिय बस सेवाको परीक्षण सवारी सुरु गरिएको हो । सम्झौता भएको ३ वर्षपछि रुट परीक्षण सुरु गरिएको छ ।

1599 पटक हेरिएको 

