कोरियाली प्रायद्विपलाइ परमाणु हतियारमुक्त बनाउन दुइ काेरिया सहमत

एजेन्सी । दुवै कोरियाली राष्ट्रप्रमुखले कोरियाली प्रायद्विपलाई पूर्णरुपमा परमाणु निःशस्त्रीकरण क्षेत्र बनाउने सहमति गरेका छन् । दुइ काेरियाको सीमा क्षेत्र पानमुनजोममा भएकाे शिखर वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा बोल्दै दुबै नेताहरुले दुई देशबीचको सैन्य तनाव कम गर्न आफ्ना परम्परागत हतियारको प्रयोगमा कमी ल्याउनेसमेत प्रष्ट पारे ।

उनीहरुले कोरियाली प्रायद्विपमा स्थायी शान्तिका लागि दुवै देशले संयुक्त रुपमा प्रयास गर्नेमा समेत एकमत रहेको बताए । ‘कोरियाली प्रायद्विपमा अब युद्ध नहोस् र नयाँ शिराबाट शान्ति स्थापनाको बाटो खुलोस् भन्ने ८ करोड कोरियाली जनता तथा विश्वको चाहनाभन्दा अघि नै हामी दुवै नेताहरु आत्मादेखि सो कार्यमा एक बिन्दुमा पुगेका छौँ ।’, संयुक्त सैन्य सीमा क्षेत्र पानमुनजोममा भएको संयुक्त घोषणा हस्ताक्षर कार्यक्रममा दुवै नेताले भने ।’

‘दुबै देशका बीचमा व्यवहारिक रुपमै विश्वास स्थापना भएको र सैन्य तनाव हटेको अवस्थामा क्रमैसँग आफ्ना हतियारको प्रयोगमा समेत कमी ल्याउन हामी सहमत भएका छौं ।’, संयुक्त घोषणामा भनिएको छ,‘दक्षिण र उत्तर कोरिया आफ्नो परमाणु निःशस्त्रीकरणको माध्यमबाट कोरियाली प्रायद्विपलाई परमाणुमुक्त क्षेत्र बनाउने साझा लक्षमा एक ठाउँमा रहेका छन् ।’

शान्ति सम्झौताको माध्यमबाट कोरियाली युद्धको औपचारिक रुपमा समाप्त गर्नका लागि दुवै कोरिया अमेरिका र चीनलाई समेत सामेल गराएर ३ देखि ४ चरणको वार्ता गर्न सहमत भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार