बैशाख २३ गते बजेट अधिवेशन अाह्वान गर्न सिफारिस गर्ने सरकारकाे निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बैसाख २३ गतेदेखि संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

बैठकले वीरगन्जस्थित नेपाल–भारत एकीकृत जाँच चौकी हस्तान्तरणका लागि राजपत्रमा सूचना प्रकाशित गर्ने, आन्तरीक शान्ति सुरक्षासम्बन्धी ऐन तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णयसमेत गरेको सरकारका प्रवक्ता सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

मन्त्री बाँस्कोटाका अनुसार वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा न्याय सेवाका सहन्यायाधिवक्ता रमादेवी पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार