काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्वाचित पदाधिकारीको आज बोलाइएको बैठक स्थगित भएको छ । बैठक आगामी वैशाख २१ गते दिउँसो २ बजे बस्ने गरी स्थगित भएको हो ।
काँग्रेसले आज बिहान ८ः३० बजेका लागि बोलाएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षका नेताकाे बहिस्कारका कारण बस्न नसकेकाे हाे ।
बैठकबाट पदाधिकारी मनोनीत गर्ने पार्टी सभापति देउवाको तयारी थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टिका कारण बैठक केही दिनका लागि स्थगित गरिएको महामन्त्री डा. शशांक काेइरालाले बताए ।
छलफल नै नगरी केन्द्रीय समितिको निर्वाचित पदाधिकारी बैठक बोलाएको भन्दै वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गर्ने घोषणा गरेका थिए ।

570 पटक हेरिएको 

