काठमाडाैँ । अाज अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेपालमा पनि विभिन्न कार्यकुम गरी श्रमिक दिवस मनाइएकाे छ । मे १ तारिखलाइ संसारभर विभिन्न कार्यक्रम गरी मनाइन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विश्व मजदूर दिवसका अवसरमा शुभकामना दिएका छन् ।
मजदूर दिवसको उपलक्ष्यमा सन्देशमा प्रधानमन्त्रीले प्रत्येक वर्ष मे १ को गौरवपूर्ण दिनले विश्व मजदूर आन्दोलनको महत्वपूर्ण उपलब्धि–आठघण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जनलगायतका आधारभूत हकअधिकारको स्मरण गराउँदै आएको बताएका छन् ।
उनले श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको समेत बताएका छन् । सरकारले उचित ज्याला प्रणाली अन्तर्गत मर्यादित कामको सुनिश्चितता कायम गर्नका लागि न्यूनतम ज्यालामा वृद्धि गर्ने योजना बनाएको पनि उनले उल्लेख गरेका छन् ।

411 पटक हेरिएको 

