भारतीय प्रधानमन्त्री माेदी सिधै जनकपुर अाउने, सुरक्षा अबस्था बुझ्न गृहमन्त्री बादल जनकपुरमा

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी सिधै जनकपुर अाउने भएका छन् । बैशाख २८ गते नेपाल अाउने माेदी काठमाडाैँभन्दा पहिला जनकपुर अाउने भएका हुन् । उनलाइ स्वागत गर्न प्रधानमन्त्री केपी अाेली समेत जनकपुर जाने कार्यक्रम तय भएकाे छ ।

माेदीकाे जनकपुर भ्रमण हुने भएपछि सुरक्षाअवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अाज जनकपुर पुगेका छन् । गृहमन्त्री बादलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि भएकाे पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधाम र मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम रहेको जानकारी समेत दिए ।

उनले भारतीय प्रधानमन्त्री मोदीको यस पटकको नेपाल भ्रमणमा राजनीतिक सम्झौताको कुनै कार्यक्रम नरहेको स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार