काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले श्रमलाई मर्यादित बनाउँदै आन्तरिक रोजगारीका अवसरलाई व्यापक रुपमा सिर्जना गर्ने र वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित गर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा जारी गरेको प्रेस विज्ञप्तिमा देशभित्र र बाहिरका सम्पूर्णमा श्रमिकलाइ शुभकामना दिँदै बालश्रमको निवारण गर्ने एवं श्रमिकको सामाजिक सुरक्षाजस्ता कार्यलाई तीनै तहको उचित समन्वय र प्रयत्नबाट उल्लेखनीय उपलब्धि प्राप्त गर्ने काममा लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

1413 पटक हेरिएको 

