२५ मेगावाट क्षमताको सौर्य परियोजनाको निर्माणको काम शुरू

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मुलुककै अहिलेसम्मको ठूलो २५ मेगावाट क्षमताको सौर्य परियोजनाको निर्माणको काम नुवाकोटमा सुरु गरेको छ ।

विभिन्न विवाद र संसदीय समितिको झमेलाको कारण अदालतसम्म पुगेको समस्याको समाधान पश्चात २५ मेगावाट क्षमताको सौर्य उर्जा परियोजना देवीघाट जलविद्यत केन्द्रको खाली जग्गामा निर्माण थालिएको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थितीमा सुरु भएको परियोजनालाई तोकिएको समय एक वर्षभित्रै पूरा गर्ने गरी निर्माणको काम थालिएको छ ।

चिनियाँ ठेकेदार कम्पनी राइजन इनर्जी मार्फत सुरु भएको सौर्य प्लान्ट विद्युत प्राधिकरणको स्वामित्वमा रहेको त्रिशूली र देवीघाट जलविद्युत केन्द्रको खाली जग्गामा जडान गर्न थालिएको हो । सौर्य परियोजनाको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भारको जिम्मा पाँच वर्षसम्मको लागी ठेकेदार कम्पनीलाई नै दिइएको छ ।

विश्व बैंकको सहुलियतपूर्ण ऋणमा नेपाल सरकार र विद्युत प्राधिकरणको लगानी रहेको सौर्य परियोजना एक वर्षभित्र पूरा गर्ने र त्यसको लागी चार अर्ब रुपैयाँ खर्च लाग्ने प्रक्षेपण गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार परियोजनाबाट उत्पादित सिधै केन्द्रीय प्रशारण लाइनमा जडान गर्ने योजना बनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार