सिण्डिकेटको पक्षमा अान्दाेलन गर्ने ७३ जना पक्राउ, मुद्धा दायर गर्ने तयारी

काठमाडौं । सिन्डिकेटको पक्षमा आन्दोलन गर्ने यातायात व्यवसायीविरुद्ध मुद्दा चल्ने भएको छ । आवश्यक सेवा सञ्चालन सेवा ऐन २०१४ र स्थानीय प्रशासन ऐनअनुसार उनीहरुविरुद्ध कारबाही हुने गृह मन्त्रालयले जनाएको छ ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै शुक्रबार देशभरि यातायात व्यवसायीहरुले गाडी ग्यारेजमा थन्क्याएर आन्दोलन गरेपछि सरकार अाक्रामक बनेको हो ।

आन्दोलनमा सहभागी ७३ जना व्यवसायीहरु हाल प्रहरी हिरासतमा रहेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार पक्राउ परेका सबै व्यवसायी उपर मुद्दा दायर हुनेछ । आवश्यक सेवा ऐन र स्थानीय प्रशासन ऐनअनुसार कारबाही हुन्छ। कुन मुद्दा चलाउने भन्ने अधिकार जिल्लाका सिडिओहरुलाई हुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार