काठमाडौं । सिन्डिकेट पक्षधर यातायात व्यवसायी महासंघले शुक्रबार गरेको देशब्यापी चक्काजाम शनिबारबाट हटाउने निर्णय गरेको छ ।
व्यवसायीहरूले विज्ञप्ति जारी गरी आफ्नो आन्दोलनका कार्यक्रम सफल भएको भन्दै शनिबारदेखि नियमित यातायात सुचारू हुने जनाएका हुन् ।
यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिको निकालको विज्ञप्तिमा यातायात बन्दबाट प्रभावित भएका यात्रुसँग क्षमासमेत मागेको छ ।
साथै सरकारले नियन्त्रणमा लिएका यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्ण सुवेदी, कोषाध्यक्ष डम्बर पन्त, महासचिव सरोज सिटौलालगायत देशभरबाट पक्राउ परेका यातायात व्यवसायी कर्मचारी तथा मजदुरलाई बिना शर्त रिहाई गर्न मागसमेत गरेको छ । महासंघले उठान गरेको मागलार्इ वार्ताद्वारा सम्बोधन गर्न सरकारसँग उसले माग गरेको छ ।


526 पटक हेरिएको 

