विराटनगर । यातायात समितिलाई कम्पनीमा दर्ता गर्ने र गाडी चलाउने लिखित प्रतिबद्धता जनाएपछि पक्राउ परेका विराटनगरका यातायात व्यवसायी रिहा भएका छन् ।
सिन्डिकेटको माग गर्दै यातायात बन्द गरेका पूर्व नेपाल यातायात व्यवसायी संघ र कोशी बस व्यवसायी संघआबद्ध तीन व्यवसायीलाई बिहान प्रहरीले पक्राउ गरेको थियो । पूर्व नेपाल यातायात व्यवसायी संघका उपाध्यक्ष उत्तम चौलागाई र टीका भट्टराई तथा कोशी बस व्यवसायी संघका नारायण अधिकारीलाई पक्राउ गरेको प्रहरीसमक्ष व्यवसायलाई कम्पनीका रुपमा दर्ता गर्ने र सवारी सञ्चालनमा अवरोध नगर्ने लिखित प्रतिबद्धता जनाएपछि उनीहरुलाई रिहा भएका हुन्
विभिन्न यातायात समितिले हिजोदेखि बन्द गरेको सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका छन् । विराटनगरबाट छोटो तथा लामो दूरीको बस तथा रात्रिबस सञ्चालनमा आएका छन् ।

516 पटक हेरिएको 

