अाइपीएलः राजस्थानले हरायो पञ्जावलार्इ

काठमाडौं ।  इन्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा राजस्थानले पञ्जावलाई १५ रनले हराएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ५८ रन बनायो । राजस्थानका लागि जोस बटलरले ८२ रन बनाए भने सन्जु सामसनले २२ तथा बेन स्टोकले १४ र स्टुवार्ट विनीले ११ रनको योगदान गरे ।

बलिङतर्फ एन्ड्रु तेइले ४ विकेट लिए । जवाफमा पञ्जावले २० ओभरमा सात विकेट गुमाउँदा एक सय ४३ रनमा रोकियो । उसका लागि ओपनर लोकेश राहुलले ९५ रन बनाएपनि जीतका लागि पर्याप्त हुन सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार