काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपूर्व सरकारले संसदमा बजेटका प्राथमिकता र सिद्धान्त सार्वजनिक गरेपछि प्री–बजेट छलफल शुरु भएको हो ।
सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट प्राथमिकता र सिद्धान्तमा संविधानले दिएका नागरिकका मौलिक अधिकार कार्यान्वयन र तीव्र आर्थिक वृद्धि गर्नुलाई राखिएको छ ।
त्यस्तै स्वच्छ, खानेपानी, आधारभूत स्वास्थ्यको पहुंच, स्वास्थ्य बीमामा सबैको आवद्धता, निरक्षरता उन्मूलन, सार्वजनिक शिक्षालाई थप प्रभावकारी, रोजगारी सिर्जना, नयाँ कामका अवसर, श्रमिकका दक्षता अभिवृद्धि तथा पर्यटन विकासलाई सरकारले बजेटको पहिलो प्राथमिकतामा राख्ने तयारी गरेको छ ।

1306 पटक हेरिएको 

