काठमाडाैँ । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे संसदलाई जानकारी गराएको छ । प्रतिनिधिसभाको बुधवार बसेको बैठकमा सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे जानकारी गराउनुएको हो । उहाँले भारतीय प्रधानमन्त्री मोदीले बैशाख २८ र २९ गते नेपालको राजकीय भ्रमण गर्न लागेको सदनलाई जानकारी गराउनुभएको हो ।
त्यस क्रममा भारतीय प्रधानमन्त्री मोदीले २८ गते नै राष्ट्रपति र उपराष्ट्रपतीसंग भेटवार्ता गर्ने, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता गर्ने कार्यतालिका रहेको जानकारी दिनुभयो । अरुण तेश्रोको दुवै देशका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गर्ने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो ।
यसअघि बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले मोदी भ्रमणबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद प्रेम सुवालले मोदीको भ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाएको दलीय बैठकमा सबै दलहरुलाई निम्ता नगरिएको र मोदी सिधै २ नम्बर प्रदेश जाने भन्ने सवालमा पनि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
कुनै पनि छिमेकी देशका प्रधानमन्त्रीको भ्रमणका क्रममा पहिला राजधानी आउनुपर्ने भन्दै उहाँले पहिला जनकपुर जानुको कारण माग गर्नुभयो ।

351 पटक हेरिएको 

