अाइपीएलः मुम्बर्इ चाैथाे स्थानमा उक्लियो

भारत । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार बेलुका भएको खेलमा रोमाञ्चक नतिजा हात पार्दै मुम्बइ चाैथाे स्थानमा उक्लिएकाे छ । सुरुका तीन खेलमा हार बेहोरेको मुम्बई इन्डियन्सले बुधबार कोलाकाता नाइटराइडर्समाथि १०२ रनको शानदार जित दर्ता गर्यो ।

जितसँगै कोलकातालाई पछि पार्दै अंक तालिकाको चौथो स्थान बनाउन सफल भएकाे छ ।  यो सिजनन मुम्बई पहिलो पटक शीर्ष चारमा पुगेको हो । टस जितेर पहिले ब्याटिङ्ग गरेको मुम्बईले ६ विकेटको क्षतिमा २१० रन बनायो । उसका लागि इशान किशान २१ बलमा पाँच चौका र ६ छक्काको सहयोगमा ६२, सूर्यकुमार यादवले ३२ बलमा ३६, कप्तान रोहित शर्माले ३१ ब्लमा ३६ तथा कट्टिङ्गले २४ रन बनाए ।

२११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ्ग गरेको कोलकाताले १८ ओभर १ बलमा सबै विकेट गुमाएर १०८ रन मात्रै बनायो । उसका लागि क्रिस लिनले १५ बलमा २१ र नितिश राणाले १९ बलमा २१ रन बनाए । जितपछि चौथो स्थानमा उक्लिएको मुम्बईको ११ खेलबाट १० अंक भएको छ । यस्तै पाँचौँ स्थानमा झरेको कोलकाताको १० अंक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार