भारतीय प्रधानमन्त्री भाेली नेपाल अाउँदै, यस्ताे छ उनको कार्यतालिका

काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमणका लागि शुक्रबार नेपाल आउँदैछन् । उनको भ्रमणका लागि सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ । उनको स्वागतका लागि जनकपुरमा भव्य तयारी गरिएको छ । जनकपुरमा शुक्रबार बिहान ९ः१५ मा अवतरण गर्ने मोदीको दुई दिने कार्यतालिका यस्तो छ–

बैशाख २८ गते शुक्रबार

बिहान ९:१५ बजे– हेलिकोप्टरबाट जनकपुरमा अवतरण।
९:३०– जानकी मन्दिरमा पूजा।
१०:१५– बाह्रबिघा मैदानका लागि प्रस्थान।  नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन।
१:३०– हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान।
४:००– गार्ड अफ अनरका लागि चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान।
४:३५– उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा।
५:००– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा।
६:००– महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने। त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट।

बैशाख २९ गते शनिबार

बिहान ६:००– मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान।
८:३०– मुक्तिनाथमा पूजा।
१०:३०– मुक्तिनाथबाट काठमाडौं फिर्ता।
१०:४०– विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान।
११:३०– होटल हायात प्रस्थान।
२:००– महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान।
३:३०– नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान। भारतीय वायुसेवाको जहाजबाट स्वदेश फिर्ता।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार