मोदी सवा १० बजे जनकपुरमा अाउने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज सवा १० बजे जनकपुर आइपुग्ने भएका छन् । मोदी पटनाबाट भारतीय वायुसेनाका हेलिकोप्टरबाट सीधै जनकपुर विमानस्थलमा अवतरण गर्ने तयारी छ ।

विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने छन् भने जानकी मन्दिरमा प्रधानमन्त्री अाेलीलसमेत पुग्नेछन् । मोदीलाई शंखनाद गरेर भव्य स्वागत गर्ने तयारी गरिएको छ ।

मोदीको नागरिक अभिनन्दन कार्यक्रममा जिल्ला जिल्लाबाट मानिसहरु जनकपुरधाममा ओसार्न प्रदेश २ सरकारले स्थानीय तहलाई निर्देशन दिएको छ ।

जनकपुरबाट आजै काठमाडौं आउने मोदीको कार्यक्रम छ । मुक्तिनाथ गएर मोदी शनिबार दिउँसो ४ बजे स्वदेश फर्किने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार