काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आएका छन् । आज विहान जनकपुर आएका मोदी अपरान्ह काठमाडौँ आएका हुन् ।
उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरेका छन् । मोदी विमानस्थलबाट होटल हायात पुगेका छन् । उनी आजै टुँडिखेल पुगेर ४ बजे गार्ड अफ अनर दिइने तय भएको छ ।
त्यसपछि उनले उपराष्ट्रपति नन्दबहादुर पुन र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ। त्यसपछि समकक्षी केपी शर्मा ओलीसँग मोदीले केहीबेर छलफल गर्ने तयारी छ।

430 पटक हेरिएको 

