मोदी र अोलीले गरे अरूण तेस्रो परियोजनाको सिलान्यास

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी र प्रधानमन्त्री केपी शर्मा ओलीले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको संयक्तरुपमा शिलान्यास गरेका छन् ।

बत्तीसपुतलीस्थित होटल द्वारिकाजबाट स्विच थिचेर उनीहरुले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । शिलान्यासको क्रममा संखुवासभाको मकालु गाँउपालिकाबाट प्रत्यक्ष भिडियो देखाइएको थियो ।

भारतीय प्रधानमन्त्री माेदीले नेपालको कृषि क्षेत्रलार्इ सहयाेग गर्ने, भक्तपुरस्थित क्यान्सर अस्पताललार्इ उपचार गर्ने मेसिन उपलब्ध गराइदिने, नेपालमा रेल मार्ग बनाइदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार