माइकल क्लार्कले गरे सन्दिपको प्रशंशा

काठमाडाैँ । अाइपीएलमा डेव्यु गरेका नेपाली युवा स्पीनर सन्दिप लामिछानेले पहिलो खेलमै महत्वपुर्ण विकेट लिन सफल रहे । दिल्लीमा अावद्ध रहेका सन्दिपले पुरै ४ अोभर वलिङ गरे । उनले ४ अोभरमा जम्मा २५ रन खर्चिए ।

डेव्यु म्याचमै  विश्वकै उत्कृष्ट व्याट्सम्यानहरू विराट कोहली र एवी डेभिलियर्सलार्इ समेत वलिङ गरेका सन्दिपको वलमा कोहली र डेभिलियर्स खुलेर खेल्न सकेनन् । ४ अोभरमा १० वटा डट वल फालेका सन्दिपको उत्कृष्ट वलिङपछि चर्चा चुलिएको छ । उनलार्इ अाइपीएलमा अावद्ध गर्न महत्वपुर्ण भुमिका खेलेका अस्ट्रेलियन पूर्वक्याप्टेन माइकल क्लार्कले समेत प्रशंशा गरेका छन् ।

उनले  सन्दिपको खेलबाट प्रभावित भएको भन्दै अझै राम्राे प्रदर्शन गर्न शुभकामना समेत दिए । सन्दिपलार्इ साउथ अफ्रिकन व्याट्सम्यान  एवी डेभिलियर्सले समेत प्रशंशा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार