भोटो जात्रामा भोटो देखाइयो

काठमाडौँ । रातो मच्छिन्द्रनाथ रथजात्राको अन्तिम दिन आईतबार ललितपुरको जावलाखेलमा ऐतिहासिक भोटो देखाइएको छ । भोटो जात्रामा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।

गुठी संस्थानका प्रमुखले मणि जडित भोटो देखाउनु भएको थियो । मल्लकालिन समयदेखि नै प्रचलित भोटो जात्रा रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन देखाउने गरिन्छ । कपडाको थैलीमा सुरक्षित राखिएको भोटोलाई कसैले दावी नगरेपछि फेरि सील गरेर राख्ने गरिन्छ ।

भोटो जात्रा अवलोकन गराउन ललितपुरकी जीवित देवी कुमारीलाई जावलाखेलस्थित पाटीमा ल्याएर राखिन्छ । ललितपुरका १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई पनि राजकीय सम्मानका साथ समारोहस्थलमा ल्याइन्छ  । भोटो जात्राको दिन बिहानैदेखि जावलाखेलमा बत्ती बाल्ने, स्तोत्र पाठ पूजा गर्ने श्रद्धालुभक्तजनहरूको भीड लागेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार