शंकराचार्य काठमाडौँमा, हिन्दु धर्मको रक्षाका लागि आएको भनाई

काठमाडौँ । भारत गोवर्द्धन पुरीका पीठाधीश निश्चलानन्द सरस्वती बिभिन्न धार्मिक कार्यक्रममा सहभागी हुन आईतबार नेपाल आउनुभएको छ । नेपाल आएपछि पीठाधीश निश्चलानन्द सरस्वतीलाई ओम आश्रम नेपालले स्वागत गरेको थियो । स्वागत कार्यक्रममा पीठाधीश निश्चलानन्द सरस्वतीले सनातन धर्मसस्कृतिको सबैले मिलेर जगेर्ना गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल भारतबिच रोटीबेटीको सम्बन्धमात्र नभई धार्मिक सास्कृतिक सम्बन्ध रहेको उहाको भनाइ छ । उहाले सनातन हिन्दु धर्मको भावना अनुरुप आफ्नो नेपाल भ्रमण भएको जानकारी दिनुभयो ।

शंकराचार्यको स्वागतका लागि विभिन्न समितिहरु पनि गठन भएका छन् । यसको नेतृत्व भने विश्व हिन्दु महासंघले लिएको छ । शंकराचार्यलाई काठमाडौंको टुँडीखेलमा नागरिक अभिनन्दन गरिने कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार