काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा क्रममा उनको सुरक्षार्थ भारतीय कमाण्डो ल्याएको भन्दै सत्तासाझेदार दल माअोवादी केन्द्रले अापत्ती जनाएको छ ।
माओवादी केन्द्रका प्रवक्तासमेत रहेकी सांसद पम्फा भुसालले मोदीको नेपाल भ्रमणका बेला भारतीय कमान्डो ल्याइएको र त्यसले नेपालको सुरक्षाप्रति प्रश्न उठाएको बताएकी हुन् ।
संसदको विषेश समयमा भुसालले प्रश्न गर्दै भनिन् , ‘नेपालमा आउने पाहुनालाई सुरक्षा दिन सक्दैनौँ भने किन बोलाउने ?’ उनले आफूलाई नेपाली सुरक्षा निकायले नेपालमा जसलाई पनि सुरक्षा दिने क्षमता रहेको बताइन् ।
भुसालले मोदीको नेपाल भ्रमणका बेला भाजपाका पूर्वसांसद कृति आजादले जनकपुरलाई टुक्र्याएर भारतको राज्य बनाउनुपर्ने भनी दिएको अभिव्यक्तिबारे सरकारले खण्डन गर्नुपर्ने माग गरिन् ।

420 पटक हेरिएको 

