काठमाडौं । नेपाली काँग्रेसका नेता एवं सांसद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारतीय सेना अाउँदा सरकार चुप लागेकाे भन्दै कडा अापत्ती जनाएका छन् ।
संसदको विशेष समयमा बोल्दै उनले भने, ‘प्रधानमन्त्री ओलीको पहिलो दिन सम्झें हिजो प्रधानमन्त्रीले धेरै कुरा लुकाएको जस्तो लाग्यो । कसैलाई सिंगडा बेच्न गएको कसैलाई घुँडा टेक्न गएको भन्ने अहिले आफूले के गरेको ?’
थापाले भने, ‘न संघर्ष न समर्पण भनेर बीपीले भन्दा महेन्द्रले हटाए । सुशील कोइरालाले घुँडा नटेक्दा नाकाबन्दी लाग्यो । अहिले भारतीय सेना आउँदा ओली किन चुप ?’
सांसद थापाले भने, ‘ओलीलाई अहिले महालम्पसारवादी भन्न नपाउने कि पाउने ? हिजो घुँडामा घाउ भयो कि भएन भन्नेलाई मैले सोध्न पाउने कि नपाउने कि प्रधानमन्त्री ज्यू तपाईको खुट्टामा भ्वाङ पर्यो कि परेन ?
उनले थपे , ‘मैले नाकाबन्दी बिर्सेको छैन भन्न नपाउने ? यो कस्तो लम्पसारवाद हो आफ्ना कार्यकर्ता दूतावासमा विरोध गर्न जाँदा केही नहुने आज आफ्नो पार्टी कार्यालयमा विरोध गर्न नपाउने ? हिजो अरुलाई कुरीकुरी गर्नेले आज नाङ्गै हिंड्दा के भन्ने ?’

521 पटक हेरिएको 

