बैंगलोरले पञ्जावलार्इ १० विकेटले हरायो

काठामाडौं । आईपीएलअन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले किङ्स इलेभन पञ्जाबलार्इ १० विकेटले पराजित गरेको छ।

पञ्जाबले दिएको ८९ रनको लक्ष्य बैंगलोरले ८.१ ओभरमा बिनाक्षति भेट्टाएको हो । कप्तान विराट कोहली ४८ र पार्थिव पटेल ४० रन बनाएर नट आउट रहे।

कोहलीले पाँचौ पटक एकै सिजनमा ५०० रन बनाए। यसभन्दा अघि टस हारेर पहिले ब्याटिङ गर्दै पञ्जाबको टीम १५.१ ओभरमा ८८ रनमा अल आउट भयो । एरोन फिन्चले सबैभन्दा धेरै २६ रन बनाए । उमेश यादवले बैंगलोरका लागि ३ विकेट लिए ।

पञ्जाबले यस सिजनको दोस्रो सबैभन्दा कम स्कोर बनायो। यसअघि मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादविरूद्ध ८७ रन बनाएको थियो।

पञ्जाबले आफ्नै दोस्रो सबैभन्दा कम स्कोर पनि बनायो । यसअघि २०१७ मा उसले पुणे सुपरजाइन्ट्सविरूद्ध ७३ रन बनाएको थियो ।

यसअघि पञ्जावका लागि केएल राहुल २१ र क्रिस गेल १८ रन बनाउँदै उमेश यादवको बलमा आउट भए। करुण नायरलार्इ १ रनमा मोहम्मद सिराजले आउट गरे । मार्कस स्टोइनिसलार्इ २ रनमा युजवेन्द्र चहलले बोल्ड गरे।

पञ्जाबको ५० रन हुँदासम्म चारै ब्याट्सम्यान पभेलियम फर्किसकेका थिए । ६१ को स्कोरमा मयङ्क अग्रवाल पनि २ रन बनाउँदै आउट भए। कप्तान रविचन्द्रन अश्विन एक बल नै नखेली आउट भए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार