एमाले–माअाेवादी एकता भाेली नै गर्ने तयारी

काठमाडाैँ । एमाले र माअाेवादीका बीचमा मदन भण्डारीको २५ औं स्मृति दिवसको अवसर पारेर पार्टी एकता गर्ने अन्तिम तयारी गरेका छन् ।

केही नाटकीय घटनाक्रम विकसित भएन भने भोलि एमाले र माओवादीवीच पार्टी एकताको घोषणा हँदैछ ।

भोलि विहान ७ बजे मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ ५ बजे पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको छ ।

आज विहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अन्तिम छलफल भएपछि बिहिबार पार्टी एकता गर्ने सहमति बनेको हो ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्ता भएको थियो  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार