यसरी भयो हुम्लामा मकालु एयरकाे जहाज दुर्घटना

हुम्ला । सुर्खेतबाट हुम्लाका लागि उडेका सम्पर्कबिहीन मकालु एयरलाइन्सको कार्गो विमान हुम्लाको खार्पुनाथमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका २ र ३ को सीमाना पर्ने बामखर्कमा विमान क्षतविक्षेत अवस्थामा भेटिएको हो ।

उद्दारमा गएको माउन्टेन हेलिकोप्टर टोलीले घटनास्थल पत्ता लगाएको हो । नाइन एन ए.जे.यु. कल साइनको उक्त जहाज चालकदलका क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्य नेपालीले उडाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार