काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठकले माअाेवादीसँगको पार्टी एकतापछि निर्माण हुने नयाँ पार्टीको केन्द्रीय समितिको खाका तयार गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठकले एकतापछि बन्ने नयाँ पार्टीको स्थायी समितिमा ४३ जना रहने निर्णय गरेको छ । एमालेको निर्णयअनुसार एमालेको तर्फबाट २५ जना र माओवादी केन्द्रको तर्फ १८ जना रहनेछन् ।
बैठकले केन्द्रीय समितिमा ४ सय ४१ जना रहने निर्णय समेत गरेको छ । एमालेको तर्फबाट २ सय ४१ र माओवादी केन्द्रको तर्फबाट २ सय जना केन्द्रीय सदस्य रहने र पार्टीको चुनाव चिन्ह भने सूर्य रहने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

512 पटक हेरिएको 

