काठमाडाैँ । नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सभापतिहरूको राष्ट्रिय भेला आगामी असारमा हुने भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले असार २, ३ र ४ गते प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा भेला गर्ने निर्णय भएको जानकारी दिए ।
यसअघि केन्द्रीय कार्यसमिति बैठकले भने जेठभित्रै भेला बोलाउने निर्णय गरेको थियो । जेठ १५ गते बजेट आउने र त्यसमाथि संसदमा हुने छलफलमा सांसद व्यस्त हुनुपर्ने भएकाले असार पहिलो साताका लागि भेला बोलाइएको निधिले बताए ।

526 पटक हेरिएको 

