श्रममन्त्री विष्टको एक्सन– वैदेशिक रोजगारका सिण्डिकेटधारी पक्राउ

काठमाडाैं । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट लगाउन खोज्ने करिब २० जना मेडिकल व्यवसायीहरू पक्राउ परेका छन् ।

काठमाडाैंकाे गाैरीधारामा ‘वान स्टप सेन्टर’ र भिएलएन नामको स्वास्थ्य परीक्षण केन्द्र चलाउने राम श्रेष्ठ पक्राउ परेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले मलेसिया जानको लागि जुनसुकै स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था गरेपछि स्वास्थ्य व्यवसायीले बायोमेट्रिक परीक्षण बन्द गरेर आन्दोलनमा उत्रिएको घोषणा गरेका थिए ।

मलेसिया जानेहरूको स्वास्थ्य परीक्षण खर्च उल्लेख्य रुपमा वृद्धि हुँदै प्रवेशाज्ञा प्रक्रियाका लागि अहिले रु १३ हजार ४०० र स्वास्थ्य परीक्षणका लागि रु ४ हजार ५०० रूपैयाँ पुगेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार