एबी डिभीलियर्सले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडाैँ । दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डीभीलियर्सले सबै प्रकारका अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताबाट तत्कालै सन्यास लिने घोषणा गरेका छन् ।

आज ट्वीट गर्दै उनले अन्य खेलाडीलाई अगाडि जान दिनुपर्ने बेला आएको भन्दै सन्यासको घोेषणा गरेका हुन् । दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट उनले ११४ टेस्ट, २२८ ओडीआइ तथा ७८ टी ट्वेण्टी इन्टरनेशनलमा प्रतिनिधित्व गरिसकेका छन् ।

विश्वकै उत्कृष्ट ब्याट्सम्यानमध्ये एबी डिभीलियर्स पछिल्लो समय चोट र खस्किँदो प्रदर्शनका कारण चिन्तामा थिए । आईपीएलमा यो वर्ष रोयल च्यालेन्जर्स बेंग्लोरलाई प्लेअफमा पु्र्याउन नसकेपनि डिभीलियर्सले राम्रो प्रदर्शन गरेका थिए ।रु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार