काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनतालाई राष्ट्रवादको पाठ पढाउन आवश्यक नरहेको बताउनुभएको छ ।
आगामी आर्थिक बर्षका लागि सरकारले पेश गरेको नीति तथा कार्यक्रमबारे संसदमा जारी छलफलमा भाग लिदै सभापति देउवाले हिमाल, पहाड वा मधेशका सबैले सीमा रक्षा गरेर बसेकाले उनिहरुलाई राष्ट्रवादको पाठ पढाउन आवश्यक नरहेको बताउनुभएको हो ।
संविधानलाई सर्वस्वीकार्य बनाउन आवश्यक रहेको बताउँदै देउवाले सरकारले सर्वस्वीकार्य बनाउन प्रयास गर्नुपर्ने उल्लेख गर्नुभयो । सरकारको नीति तथा कार्यक्रममा कुनै नयाँपन नभएको दाबी गर्दै उहाँले सरकारसँग दुरदृष्टि हुन नसक्दा नयाँ कार्यक्रम नआएको बताउनुभयो ।
नीति तथा कार्यक्रममा रेल मार्ग, जल मार्ग, विद्युत लगायतका विकासका कुरा गरेर सरकारले आधारहीन प्रचार गर्न खोजेको देउवाको टिप्पणी छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख महोदय र राष्ट्रियसभाका अध्यक्ष भनेर सम्बोधन नगरेर संसदको अपमान गरेको उहाँको भनाई छ ।

441 पटक हेरिएको 

