सरकार गठन भएको एकसय दिनमा मन्त्रीहरूको सम्पत्ती सार्वजनिक

काठमाडौँ । सरकारले मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका अन्य १८ जना मन्त्रीको सम्पत्ती विवरण आज सार्वजनिक भएको हो । सार्वजनिक पदमा बहाल भएको दुई महिनाभित्रै सार्वजनिक गरिनुपर्ने सम्पत्ती विवरण सरकार गठन भएको झण्डै सय दिनमा मात्र सार्वजनिक भएको छ ।

यद्यपी अझै चार जना मन्त्रीको सम्पत्ती विवरण भने सार्वजनिक गरिएको छैन । सार्वजनिक भएको सम्पत्ती विवरण अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग श्रीमती राधिको शाक्यसमेतको गरी कूल ७७ लाख रुपैयाँ वैंक व्यालेन्स छ । ओलीको आफ्नै नाममा भने एभरेस्ट बैंकमा ४२ लाख रकम बचत छ ।

यस्तै ओली पत्नी राधिकाको नाममा भक्तपुर सूर्यविनायक नगरपालिका २ मा साढे एक रोपनी जग्गामा बनेको तीन तल्ले दुईबटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । त्यस्तै झापामा शाक्यको नाममा १० कठ्ठा जमिन रहेको छ ।

ओली सरकारका मन्त्रीहरुमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ अर्बपति मन्त्री देखिएका छन् । महासेठले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ललितपुर र धनुषामा घर, ललितपुरमा ४ रोपनी जग्गा, ५२ तोला सुन लगायत रहेको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार