सुनतस्करीका मुख्य अभियुक्त गोरेको वयान बिहिबार मात्रै सकिने

मोरङ । सनम शाक्य हत्या र सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेको आज बन्द इजलासमा बयान लिइएको छ । मोरङ जिल्ला अदालतको बन्द इजलासमा ११ बजेदेखि ४ गोरेसँग बयान लिइएको थियो ।

बयानमा गोरेलाई १ सय ५३ पृष्ठको अभियोग पत्र सुनाईएको थियो । अभियोग पत्रमा उल्लेख गरिएका ६३ जना ब्यक्तिहरुसँगको सम्बन्धबारे सोधिएको जनाइएको छ । बयानमा गोरेले सनम शाक्यको हत्यामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

सनमलाई यातना दिई मारिएको ठाउँबारे आफूलाई जानकारी भएपनि सनमको हत्यामा आफ्नो कुनै संलग्ना नरहेको गोरेको भनाई छ । बयानको क्रममा सनम सहितका भरियाहरुलाई गोरे समुहले यातना दिएको भिडियो देखाउन भने गोरेका वकिलले बिरोध गरेका थिए ।

यसैबीच आफूलाई सुरक्षा थ्रेट रहेको कारण देखाउँदै मानवअधिकारकर्मीको निगरानीमा हिरासतमा रहन पाऊँ भन्दै गोरेले दिएको निवेदनमा अदालतले सुरक्षा ब्यवस्था मिलाउन आदेश दिएको श्रोतले जनाएको छ । गोरेको बयान भोलि सकिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार