काठमाडौं १०, महोत्तरीको पाटुमा शनिवार वृहत स्वास्थ्य शिविर संचालन हुने भएको छ । गौरीवास काठमाडौं समाजको आयोजनामा स्वास्थ्य शिविर संचालन हुन लागेको हो । शिविरमा दा“त तथा मुख रोग, हाडजोर्नी तथा नशा, पेट, वाल, स्त्री, छाला, पिसाव, लगायतका रोगहरुको निुशल्क परीक्षण गरि औषधी समेत वितरण गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष कुष्ण घिमिरेले जानकारी दिनुभयो । उहाले शिविरको शिक्षा विज्ञान तथा प्रवृधी मन्त्री गिरिराजमणी पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको समेत बताउनुभयो ।

शिविर पहिलो र ऐतिहासिक भएकाले वर्दिवास नगरपालिका, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय ट्रमा सेन्टर, विर अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय, महोत्तरी लगायत, स्थानिय केही अस्पतालहरुको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।

पाटुको स्कुलमा हुन गईरहेको शिविरका लागि काठमाडौंबाट वरिष्ठ चिकित्सक सुभाष घिमिरेको नेतृत्वमा शुक्रवार १५ जना चिकित्सकहरुको टोली त्यसतर्फ प्रस्थान गर्ने समाजका सचिव गणेश अधिकारीले बताउनुभएको छ ।

553 पटक हेरिएको 

