काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह ‘ए’ बाट प्रदेश नं ४ ले आफ्नो तेस्रो खेलमा पहिलो जित दर्ता गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा जारी प्रतियोगितामा प्रदेश ४ ले प्रदेश १ लाई १ सय २९ रनले पराजित गरेको हो । यसअघि पहिलो खेलमा एपिएफसँग ५ विकेट र प्रदेश २ सँग ६७ रनले पराजित भएको प्रदेश ४ ले प्रतियोगितामा पहिलो जित निकालेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले मध्यक्रमका ब्याट्सम्यान हरिबहादुर चौहानको शतकीय योगदानमा निर्धारित ओभरमा ७ विकेट गुमाएर ३१० रनको विशाल योगफल बनाएको थियो ।

503 पटक हेरिएको 

