अर्थमन्त्री खतिवडाले भने– अागामी ५ वर्षमा ५ लाखले रोजगारी पाउँछन्

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटका लक्ष्य तथा कार्यक्रम कार्यान्वयन हुने दाबी गरेका छन् । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले कृषि तथा सेवा क्षेत्रमा हुने विस्तार एवं वृद्धिले आठ प्रतिशतको आर्थिक वृद्धिदरसहितका अन्य लक्ष्य पूरा हुने दाबी गरेका हुन् ।

उनले सिमेन्ट उद्योग र खानी क्षेत्रमा पनि उद्योग स्थापना भई सञ्चालनमा आउने विश्वास व्यक्त गर्दै औद्योगिक क्षेत्रको वृद्धिदरमा शंका नगर्न आग्रह गरे । उनले सेवा क्षेत्रमा १२ प्रतिशतले विस्तार हुने र बजेटको लक्ष्य पूरा हुने दाबी समेत गरे ।

 

औद्योगिक र सेवा क्षेत्रमा आएको विस्तार तथा सरकारले अगाडि बढाएका रोजगारीसम्बन्धी कार्यक्रमले आगामी आर्थिक वर्षमा थप पाँच लाख व्यक्तिले रोजगार पाउने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार