काठमाडौं १९ , मलेसियामा जेलमा परेका नेपालीलाई उद्धार गर्ने उद्धेस्यले पेनाङमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । पेनाङ स्थित जनउद्धार केन्द्रको आयोजनामा असार १ गते विएम देवान हलमा सास्कृतिक कार्यक्रम हुन लागेको हो ।

सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट मनोज गजुरेल, दुर्गेश थापा, डोली सरकार, फुलमाया“ केसी लगायतका कलाकारको टोली आउने केन्द्रका अध्यक्ष केशु थापाले बताउनुभयो ।
उहा“ले कार्यक्रमबाट संकलित रकम तिनै जेलमा परेका नेपाली दाजुभाई तथा दिदी वैहनीलाई खर्च गरिने समेत बताउनुभयो । केन्दले केही समय यता देखि लगातार रुपमा जेलमा परेका नेपालीलाई उद्धार गदै आएको छ ।
मलेसियामा हाल ५ हजार भन्दा वढी नेपाली कामदार जेलमा रहेको जनाईएको छ ।

948 पटक हेरिएको 

