मूल्यवृद्धि फिर्ता नलिए संसद अबरोध गर्ने काँग्रेसको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वृद्धि भएको इन्धनको मूल्य फिर्ता नलिए संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

आइतबार संसद् बैठकमा विषेश समय लिएर बोल्दै कांग्रेस सांसद अतहर कमाल मुसलमानले इन्धनमा भएको मूल्यवृद्धि फिर्ता नलिए संसद् अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै प्रमुख विपक्षी दलका सांसदहरु उभिएर विरोध जनाएका थिए ।

उनले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले सर्वसाधारण गरिव जनतालाई महंगीको मारमा पारेको बताए । सांसद मुसलवानले डिजेल र मट्टितेल ७७ रुपैयाँबाट ९५ रुपैयाँ र पेट्रोलको मूल्य ९७ रुपैयाँबाट बढेर हाल ११३ रुपैयाँ प्रतिलिटर कायम गरिएको भन्दै खेति किसानीका लागि अतिआवश्यक डिजेलको प्रति लिटर १८ रुपैयाँ मूल्यवृद्धि गरेर किसानलाई मार्न खोजेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार