हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि भ्रष्टाचार निर्मूल गर्नुपर्ने भन्दै भ्रष्टाचार आफूले पनि नगर्ने र अरुलाई पनि गर्न नदिने बताएका छन् ।
३ नम्बर प्रदेशको प्रदेशसभामा बोल्दै प्रधानमन्त्री अोलीले भ्रष्टाचार गरेको थाहा पाए अनुहार नहेर्ने बताए । प्रधानमन्त्री ओलीले व्यवसायका नाममा भएका सिन्डिकेट तोडिएको बताउँदै भ्रष्टाचार नियन्त्रणका लागि अन्य क्षेत्रका सिन्डिकेट पनि अन्त्य हुने र त्यसका लागि अभियान नै सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले नेपालमा खान, लाउन पुग्ने गरी उत्पादन हुने गरेको भए पनि केही निर्यात र केही आयात हुने गरेको उल्लेख गर्दै बढी मात्रामा उत्पादनमुखीभन्दा पनि उपभोगमुखी हुँदै गएको बताए ।
उनले भने–, “कति अन्न कुहाएर जाँड बनाउँछौँ, अन्न त्यत्तिकै खेर जान्छ, कपडा, जुत्ता, लुगा राम्रो लगाउँछौँ, तर भएका उद्योग बन्द गरेर हामी राम्रो उपभोगमुखी भएका छौँ ।”
कुहिएका माछा (जुन खाँदा १० वर्षमा प्रजनन क्षमता घटाउँछ) र कुहिएका केरा आयात गरी खानु उचित नभएको बताउँदै उनले पानी पिउँदा पुग्ने अवस्थामा रसायन मिसिएका जुस पिउनाले आफ्नो स्वास्थ्य खराब हुनुका साथै उपभोक्तामुखी बानीको आदतसमेत बढ्दै गएको धारणा व्यक्त गरे ।

468 पटक हेरिएको 

