बाजुरा । बाजुरा र हुम्लाको सीमानामा केन्द्रविन्दु बनाएर आज विहान भूकम्प गएको छ ।
४ दशमलव ९ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
७ बजेर १९ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ लगायतका जिल्लामा महसुस गरिएको थियो।
भूकम्पको धक्का महसुस गरिएको भएपनि कुनै क्षतीको विवरण भने नआएको प्रहरीले जनाएको छ।

556 पटक हेरिएको 

