गोर्खाली सेनालाइ दिइदै सुरक्षाको जिम्मा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियका सर्वोच्च नेता किम जोन बीच यही १२ जुनमा सिँगापुरमा हुँदैछ ।  सिँगापुर सरकारले सो सम्मेलनको सुरक्षा सिँगापुरको गोर्खाजले दिने तय भएको छ ।

समाचारमा भनिए अनुसार खुकुरी र राइफलसहित नेपाली गोर्खा सैनिकले सो बैठकमा सुरक्षा दिनेछन् । दुवै मुलुकका नेताहरु आफ्नो व्यक्तिगत सुरक्षासहित सो  सम्मेलनमा भाग लिन पुग्नेछन्  । तर ती बैठकस्थल, सडक र होटलहरुमा भने सिँगापुर प्रहरी र नेपाली गोर्खा सैनिकले सुरक्षा दिनेछन् ।

सिँगापुरका वरिष्ट कूटनीतिज्ञ तथा भीआईपी सुरक्षासँग जानकारले दिएको जानकारी अनुसार सुरक्षाको हिसाबमा निकै महत्वपूर्ण मानिएको यो सम्मेलनका लागि गोर्खाली सेनालाई चयन गरिएको हो ।

नेपाली गोर्खा सैनिकको सिँगापुरमा उपस्थिति भने थोरै  रहेको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी सुरक्षा सचिव जिम म्याटिस तथा अन्य मुलुकहरुका मन्त्रीहरुको बैठकको क्रममा पनि केही गोर्खा सैनिकहरुले सुरक्षा दिएका थिए ।

समाचारमा नेपाली सैनिकले गर्ने तालिमको पनि प्रशंसा गरिएको छ । अहिले अत्याधुनिक हतियारहरु आउँदा समेत खुकुरी विना नेपाली सैनिकको तालिम पूरा नहुने समाचारमा बताइएको छ । सिँगापुरका एक सुरक्षाविद्ले सिँगापुरले दिने सुरक्षामध्येमा सबैभन्दा राम्रो सुरक्षा गोर्खा सैनिकले मात्र दिनसक्ने बताए ।

सिँगापुरका प्रहरी प्रवक्ताले भने कति संख्यामा गोर्खा सैनिक उतारिने भन्ने विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् । अहिले सिँगापुर प्रहरीमा १ हजार ८ सय गोर्खा सैनिकले काम गरिरहेका छन् ।  यसको तयारीका लागि अहिले उत्तर कोरिया र अमेरिकाका अधिकारीहरु सिँगापुर पुगिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार