काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने माग राख्दै नेपाल बिद्यार्थी संघले थप आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने माग सहित जिल्ला प्रशासन काठमाडौ बाहिर धर्ना दिदै नेविसंघले थप आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । यसअघि ज्ञापनपत्र बुझाउने र धर्ना दिने कार्यक्रममात्र सार्वजनिक गरेको नेविसंघले अव सिटी जुलुस गर्ने , प्रधानमन्त्रीको पुत्दा दहन गर्ने लगाएतका कार्यक्रम सार्वजनिक गरेको हो ।

धर्ना कार्यक्रममा नेविसंघका अध्यक्ष नैनसिह महरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि वर्तमान सरकारले लगातार पाचौ पटक बढाएको भन्दै अव कडा सर्घषमा जाने चेतावनी दिनुभयो । उहाले आगामी २७ गते सिटि जुलुस , २९ गते मसाल जलुस निकाल्ने र ३१ गते प्रधानमन्त्रीको पुत्दा दहन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।
अन्तराष्ट्रिय मूल्य समायोजनको नाममा गैरजिम्मेवार ढंगबाट बढाइएको मूल्यवृद्धि अविलम्व खारेज हुनुपर्ने नेविसंघको भनाई छ । त्यस्तै उनीहरुले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको लगातार मूल्यवृद्धि भए बिद्यार्थीहरुलाई सहुतियत दरमा पेट्रोलियम पदार्थ उपलव्ध गराउन पनि माग गरेका छन् ।

488 पटक हेरिएको 

