सम्झौताअनुसार काम नगर्नेलाई जो सुकै ठेकदारलाई पनि कारबाही गर्छु– गृहमन्त्री

काठमाडाैं ।  गृहमन्त्री रामबहादुर थापा बादलले समयमै काम गर्न नगर्ने सबै ठेकेदारहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन् ।

गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पूरा भएको अवसरमा पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री थापाले यस्तो बताएका हुन् ।

गृहमन्त्री थापाले भने, ‘सम्झौताअनुसार काम नगर्नेलाई जो सुकैको घरधनीलाई कारवाही हुन्छ ।’

‘राज्यलाई धोका दिने र बेइमानी गर्नेलाई कारबाही गर्छौँ । ठगहरुलाई कारबाही गर्ने काममा पछि हट्दैनौँ’, उनले भने, ‘संसद भित्रै रहेका ठुला ठेकेदारहरुलाई पनि कारबाही हुन्छ, यसका लागि हामी अन्य मन्त्रालयहरुसँग समन्वय गरिहेका छौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार