दातृ निकायको सहयोगमा शुरु भयो सांसदलाई तालिम

काठमाडौँ । राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडिपीको प्राविधिक सहयोगमा संघिय संसद सचिवालयले आयोजना गरेको प्रशिक्षणमा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरु सहभागी छन् ।

प्रशिक्षण तथा अभिमुखीकरणमा संसदीय प्रक्रियासम्बन्धी तालिम दिईने संसद सचिवालयले जनाएको छ । कतिपय सांसदहरु नया“ भएकाले उनीहरुलाई संसदीय प्रक्रिया र कानुनी प्रक्रियाबारे जानकारी दिन तालिम आयोजना गरिएको हो ।

प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम यूएनडीपीको सहयोगमा गरिएको भन्दै केहि सांसदले भने आपत्ती जनाएका छन् । तर संसद सचिवालयले भने तालिम सन्चालन गर्न प्राविधिक सहयोग मात्रै लिएको र कुनै आर्थिक सहायता नलिएको जवाफ दिएको छ । सभामुख कृष्णबहादुर महराले संसदीय प्रक्रिया बारे सांसदहरुलाई जानकारी गराउन अभिमुखिकरण फलदायी हुने बताए ।

दुई दिने प्रशिक्षणका क्रममा संघीय संरचना र संसदको भूमिका, विधेयक दर्ता हुनु अगाडिको कानुन मस्यौदा प्रक्रिया, विधेयक प्रस्तुत गर्ने प्रक्रिया, कानुन तर्जुमाको सैद्धान्तिक पक्ष र विधेयकको ढांचा, बजेट निर्माण र वित्तीय अनुगमनमा संसदको भूमिका लगाएतका बिषय समेटिने छन् ।

तालिम शुरु हुनेवित्तिकै केही सांसदले विदेशी दातृ निकायको सहयोगमा हुने तालिममा सहभागी नहुने अडान राखेका थिए । सांसदहरुलाई तालिम आवश्यक रहेको तर विदेशी दातृ निकायको पैसामा तालिम लिँदा संसद नै बदनाम हुने भन्दै उनिहरुले आपत्ति जनाएका छन् । यसअघि पनि विदेशी दातृ निकायको सहयोगमा हुने प्रशिक्षणले कानून निर्माणमा दातृ निकायको प्रभाव बढ्ने गुनासो आइरहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार